Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

ओमिक्रोनको अर्काे भेरियन्टबाट सतर्क रहन अमेरिकी राष्ट्रपति बाइडेनको आग्रह


वासिङटन। अमेरिकी राष्टपति जो बाइडेनले ओमिक्रोनको नयाँ भेरियन्ट ‘बिए।५’ अमेरिकामा पनि भेटिएकोले त्यसबाट सतर्क रहन सबै अमेरिकीहरुलाई आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ– अहिले अमेरिकामा पनि सो भेरियन्ट भेटिएको र देशव्यापी रुपमा नै विस्तार भइरहेको छ, त्यसैले यसबाट बच्नका लागि सबैले सतर्कता अपनाउन जरुरी छ ।

बुधबार उहाँले सो आग्रह गर्नुभएको हो । उहाँले यसबाट आफू पनि सङ्क्रमित हुन पुगेको पनि बताउनुभएको छ ।राष्ट्रपति बाइडेनले भन्नुभयो– यो ‘बिए।५’ नयाँ भेरियन्टबाट म संक्रमित हुन पुगेँ, म मात्र होइन अमेरिकीहरु पनि यो यो सङ्क्रमणबाट सङ्क्रमित भएका छन् र हामी अमेरिकी मात्र नभएर संसारकै नागरिकमा यो सङ्क्रमण फैलिएको छ ।

आफूलाई सो नयाँ भेरियन्टबाट सङ्क्रमण भएको बताउनुभएका राष्ट्रपति बाइडेनले आफू आइसोलेसनबाट बाहिर निस्किनु अघि ह्वाइट हाउसबाट बुधबार सो कुरा बताउनुभएको हो ।

यसबाट बच्नका लागि जनस्वस्थ्यका मापदण्डहरु अपनाउन पनि उहाँले सबैलाई आग्रह गर्नुभयो । उहाँले सबै अमेरिकी नागरिकहरुलाई सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्क लगाउन पनि आग्रह गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेन ७९ वर्षका हुनुहुन्छ । उहाँलाई गत हप्ता मात्र यो नयाँ भेरियन्टको सङ्क्रमण देखिएको बताइएको थियो । उहाँले आफूलाई सामान्य लक्षण मात्र देखिएको बताउनुभएको थियो । उहाँ एकहप्ता पछि बुधबार मात्र आइसोलेसनबाट निस्किनुभएको हो ।

कोभिड १९ सङ्क्रमणले सबैभन्दा बढी असर पारेको अमेरिकामा पछिल्लो समयमा यसको सङ्क्रमण थप फैलिएको बताइएको छ । त्यसैले अमेरिकी अधिकारीहरुले सबैलाई थप सतर्कता अपनाउन सूचना जारी गरिरहेका छन् ।


क्याटेगोरी : विश्व, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!