Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

लैंगिक समानताका लागि काम गर्न राष्ट्रसंघीय महासचिवको आग्रह


राष्ट्रसङ्घीय महासचिव एन्टोनियोग गुटरेसले महिला समानताका लागि काम गर्न आग्रह गर्नुभएको छ । उहाँले अहिले पनि लैंगिक विभेद रहेको र महिला र पुरुषबीचको समानताका बीचमा खाडल (ग्याप) रहेकाले यसलाई समान गराउने क्षेत्रमा अझै काम गर्नुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले अहिले महिला र पुरुषका बीचमा देखिएको खाडललाई कम गर्नका लागि विज्ञान र प्रविधिका क्षेत्रमा उनीहरुलाई पनि सहभागी गराएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।अहिले पनि महिलाको पहुँच विज्ञान र प्रविधिका क्षेत्रमा कम देखिएकोले यस क्षेत्रमा उनीहरुको पनि समान पहुँच कायम गर्न सकेमा यसले लैंगिक समानता कायम गर्न सहयोग पुग्नेछ उहाँले भन्नुभएको छ ।

विश्वमा महिलाको अवस्थासम्बन्धी राष्ट्रसङ्घीय एक आयोगको सत्रलाई सम्बोधन गर्दै उहाँले सो धारणा राख्नुभएको हो ।यही मार्च ८ मा विश्वभर मनाइने अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजित सो कार्यक्रममा उहाँले यी धारणा राख्नुभएको हो ।यसवर्षको सो दिवस महिलालाई पनि विज्ञान र प्रविधिका क्षेत्रमा समान पहुँच दिनुपर्ने अवधारणाका साथ मनाइँदैछ । –––


क्याटेगोरी : विश्व

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!