Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

इंग्ल्यान्ड पहिलोपटक बन्याे युरो च्याम्पियन


इंग्ल्यान्डले महिला युरोकप २०२२ को उपाधि जितेको छ । गएराति वेम्बलीमा भएको फाइनल खेलमा जर्मनीलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले हराउँदै इंग्ल्यान्ड पहिलोपटक युरोकप च्याम्पियन बनेको हो ।

इंग्ल्यान्डको जितमा एला टोन र क्लोइ केलीले गोल गरिन् । जर्मनीकी लिना मागुलले एक गोल फर्काइन् । निर्धारित समयमा एकएकको बराबरी भएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । सो क्रममा इंग्ल्यान्डले बाजी मार्न सफल भयो ।

महिला युरोको इतिहासमा तेस्रोपटक फाइनलमा प्रवेश गरेको इंग्ल्यान्डले पहिलोपटक उपाधि जितेको हो । यता आठौँ पटक च्याम्पियन भैसकेको जर्मनी भने नवौंपटकको फाइनलमा सफल हुन सकेन ।


क्याटेगोरी : खेलकूद

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!