Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

नेपाललाई जितका लागि एक सय १८ रनको चुनौती


एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनल खेलमा युएईले घरेलु टोली नेपाललाई जितका लागि एक सय १८ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा युएईले ३३ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय १७ रनमा समेटियो ।

हिजो टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलव तीन ओभरमा नौ विकेट गुमाउँदै एक सय छ रन बनाएको थियो । खेल वर्षाका कारणले रोकिएपछि आज हिजोकै ओभरबाट खेल सुरु भएको हो ।

युएईका लागि आसिफ खानले ५४ बलमा सात चौका र एक छक्काको सहयोगमा ४६ रन बनाएका थिए । ओपनर आर्यान लाक्राले २८ बलमा १३ रन बनाए ।

नेपालका लागि ललितनारायण राजवंशीले चार विकेट लिए । त्यस्तै करण केसी र सन्दीप लामिछानेले समान दुई–दुई तथा गुलसन झा र सोमपाल कामीले समान एक–एक विकेट लिए । नेपाल युएईलाई पराजित गरेर नेपाल पहिलोपटक एसिया कप खेल्ने लक्ष्यमा रहेको छ । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।
–––


क्याटेगोरी : खेलकूद

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!