Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

पीएनजीले नेपाललाई दियो १८० रनको चुनौती


आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शुक्रबार भएको खेलमा पपुवा न्यूगिनी (पीएनजी)ले नेपाललाई १८० रनको चुनौती दिएको लक्ष्य दिएको छ।

यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको पीएनजी चार बल बाँकी रहँदा नै अलआउट हुँदै १७९ रन जोडेको हो।

पीएनजीका टोनी उराले सर्वाधिक ३९, हिरी हिरीले ३१ रन जोड्दा जोड्दा किप्लिन डोरिगा २६ रनमा पभेलियन फर्किएका थिए। गउडी टोकाले १५ रन बनाएर बोल्ड आउट हुँदा नोर्मान भानुवाले १४ रन बनाए । कप्तान आसाद भाला र सेसे बाउले समान ११ रनको योगदान गरे।

नेपालका सोमपाल कामीले २, दीपेन्द्रसिंह ऐरीले २, र सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले समान एक एक विकेट लिए। नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।


क्याटेगोरी : खेलकूद

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!