Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

विश्वकपको एसिया क्षेत्र छनोटको लागि नेपाली टोली युएई जाँदै


संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने आइसिसी १९ वर्षमुनि (यू–१९) पुरुष विश्वकपको एसिया क्षेत्र छनोट प्रतियोगिता खेल्न जाने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायतले युएई जाने नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।

आयोजक युएईसहित नेपाल, सिङ्गापुर, कतार, हङकङ र मलेसिया सम्मिलित उक्त प्रतियोगिता यही फागुन १२ गतेदेखि सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेल फागुन १२ गते सिङ्गापुरको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यसैगरी फागुन १३ गते नेपालले कुबेतसँग खेल्नेछ भने १५ गते हङकङसँग खेल्नेछ ।

त्यस्तै १६ गते मलेसियाको सामना गर्नेछ भने फागुन १८ गते आयोजक युएईसँग खेल्नेछ ।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष स्थान हासिल गर्ने टोलीले आगामी सन् २०२४ मा श्रीलङ्कामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ । प्रतियोगितामा नेपाली टोलीको मुख्य प्रशिक्षकमा जगत टमटा रहेका छन् भने कप्तानको भूमिकामा देव खनाल रहनेछन् । त्यस्तै नेपाली टोलीका अन्य खेलाडीमा अर्जुन कुमाल, दीपक बोहरा(क), आकाश त्रिपाठी, दीपक बोहरा(ख), दीपक डुम्रे, दीपेश कँडेल, हेमन्त धामी, आकाश चन्द, दुर्गेश गुप्ता, सुवास भण्डारी, विशाल विक्रम केसी, मिलन बोहरा र उत्तम थापा मगर रहेका छन् । नेपाली टोली आज दिउसोनै त्यसतर्फ प्रस्थान गर्नेछ ।—


क्याटेगोरी : खेलकूद

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!