Techie IT
  • ३१ भदौ २०८१, सोमबार
Nepal Gyan

सिन्धुपाल्चोक मा चुनाबी माहोल तातिदैं, आकांक्षी नामवालीहरु सहीत |


सिन्धुपाल्चोक |स्थानीय तहको चुनावलाई केन्द्रमा राखेर दलहरु तयारीमा जुटेका छन् । अहिले सबै दल आन्तरिक छलफलमा छन् । भित्रभित्रै नेताहरु उम्मेदवार छनोटमा लागेको पनि पाइएको छ । दिनदिनै उम्मेदवार दाबी गर्ने आकांक्षी पनि बढ्न थालेका छन् ।
सत्ता गठबन्धन दल काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले निर्वाचन तयारीलाई तीब्र पारेका छन् । माओवादी र समाजवादीको प्रारम्भिक बैठकले मजबुत एकता निर्माण गरेर चुनावमा होमिने निर्णय गरेको छ । बैठकले प्रमुख घटक काँग्रेससँग छलफल गर्ने निर्णय गरिसकेको छ ।
जिल्लाका १२ स्थानीय तहमा गत चुनाव र हालको मतस्थितिलाई विश्लेषण गरेर साझा उम्मेदवार खडा गर्ने तयारी गठबन्धनको छ । तर, कुन मोडालिटीमा भन्ने छलफल सुरु गरिएको छैन । गत चुनावमा जितेको र एमालेसँग निकटतम् प्रतिद्वन्द्वी भएको सिटलाई आधार बनाउँदै समाजवादीलाई सन्तुष्ट बनाएर गठबन्धन अगाडि बढ्ने संकेत देखिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवारसम्बन्धी आकार आइनसकेकोले यहाँ प्रस्तुत गरिएको छैन । तीन मुख्य पार्टी एमाले, काँग्रेस, माओवादी  र एकीकृत समाजवादी (भोटेकोशी गाउँपालिका) को प्रमुख दाबेदारलाई समाचारमा प्रस्तुत गरिएको छ । दाबी प्रस्तुत गर्ने तहमा धेरै नेताकार्यकर्ता रहेपनि पार्टी संगठन, कार्यकर्ता, नेता र विभिन्न राजनीतिक प्रभावलाई विश्लेषण गरेर आकांक्षीको नामावली प्रकाशन गरिएको हो |

भोटेकोसी :-
– काँग्रेस– देबी बहादुर बुढाथोगी, दोर्जे लामा, मुके शेर्पा, पासाङ नोर्बु लामा, कमल श्रेष्ठ
–माओवादी–  आङ्छिरी शेर्पा, राजकुमार पौडेल, लाक्पा शेर्पा, फुर्पा शेर्पा ( फुन्नु)

–एमाले – प्रमुख अमृत खड्का, उपप्रमुख सुन्तलीमाया श्रेष्ठ (निर्णय भइसकेको)

-एकीकृत समाजवादी – साङ्गे लामा (निर्णय भइसकेको)

बाह्रबिसे:-
-एमाले – निम्फुञ्जो शेर्पा, शुशीला पाख्रिन,आङदोर्जे शेर्पा ,डि.बी तामाङ, सागर घिमिरे
-काँग्रेस –शम्भु तिमल्सिना, बालकृष्ण बस्नेत
-माओवादी– बुद्धराज बस्नेत (निर्णय नजिक)

त्रिपुरासुन्दरी:-
– एमाले –सुकदेव रिसाल, भुपेन्द्र श्रेष्ठ, मेघनाथ पौडेल
–काँग्रेस– भक्तध्वज बोहोरा, देवराज श्रेष्ठ
–माओवादी– ज्ञानेन्द्रबहादुर गुरुङ, राजु खाती

लिसंखुपाखर:-
-एमाले –प्रदीप भण्डारी, सूर्य लामा, हेमगंगा मोक्तान
–माओवादी– राजु लामा, पूर्णबहादुर तामाङ, वीरमान तामाङ
–काँग्रेस– डुबाछिरिङ लामा, नोर्बुवाङ्गेल लामा, जोगलाल तामाङ

सुनकोसी:-
– काँग्रेस– श्रवणकुमार जिसी विनोद, देवेन्द्र खड्का, रामकुमार थापा
–एमाले –प्रेमलाल लामा, टपेन्द्र तिमल्सिना, पुरुषोत्तम प्याकुरेल
–माओवादी –पुरुषोत्तम भण्डारी, माधव प्याकुरेल, अमर लामा

बलेफी:-
– एमाले –कार्केल लामा, नारायणकाजी श्रेष्ठ
–माओवादी– अमृता नेपाल, गंगा तामाङ, प्रताप तामाङ
–काँग्रेस– कृष्ण क्षेत्री, रामकुमार तामाङ, झनक तिमल्सिना

जुगल:-
-माओवादी– रेशम स्याङ्बो (निर्णय नजिक)
–एमाले –होमनारायण श्रेष्ठ, जेपी सिलवाल
–कांग्रेस – जयबहादुर लामा, सगुन श्रेष्ठ, जंगबहादुर तामाङ

चौतारा साँगाचोकगढी:-
–माओवादी– कृष्णप्रसाद सापकोटा, अमानसिंह तामाङ, टीएन सापकोटा
–एमाले –बादल तामाङ, इन्द्रबहादुर नेपाल, रामचन्द्र बस्नेत
–काँग्रेस– केशवराज गिरी, टंक कार्की, झलक नेपाल

इन्द्रावती:-
-काँग्रेस– बिकास लामा, बिलबहादुर तामाङ, जीवन थापामगर, राजेन्द्रमान ताल्चाभँडेल
–एमाले –झम्क नेपाल, शशीनाथ आचार्य
–माओवादी– चिरञ्जीवि आचार्य, ठूलोबाबु श्रेष्ठ, जिमी लामा विश्व, वीरबहादुर तामाङ

मेलम्ची:-
–एमाले –डम्बरबहादुर अर्याल, बालकृष्ण देउजा, कृष्णगोपाल तामाङ, मित्रलाल चौलागाइँ
–काँग्रेस– आइतमान तामाङ, सागरकुमार श्रेष्ठ
–माओवादी– चन्द्रबहादुर थापा, सिपी दुलाल

हेलम्बु:-
– काँग्रेस– निमा ग्याल्जेन शेर्पा, छिरिङ लामा, जिमी लामा
–एमाले – डोल्मा तामाङ, फुर्पा हेल्मो
–माओवादी– भरत थापा, पेमा हेल्मो

पाँचपोखरी थांपाल:-
–एमाले– टासी लामा, समर तामाङ
–माओवादी– गोपाल स्याङ्बो, दोर्जे तामाङ
–काँग्रेस– सुनील दोङ, प्रेम दोङ, देवेन्द्र खत्री


क्याटेगोरी : राजनीति, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!