Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

बस्तीमा पस्यो सप्तकोसी : सयौं घर जोखिममा


सुनसरी । उदयपुरको बेलका नगरपालिका–८ स्थित ‘जिरो पोइन्ट’ बाट सप्तकोसी नदीको बाढी बस्तीमा पसेको छ ।

नदीको बाढी बस्तीमा पसेसँगै सयौं घर जोखिममा परेका छन् । कटान रोक्न सरकारी तहबाट तीन हप्तादेखिको प्रयास प्रभावकारी नहुँदा बाढी अस्थायी बाँध फुटाएर बस्तीमा पसेको हो ।

हिजो दिउँसैदेखि बाढी रोक्ने प्रयास गरिए पनि बुधबार बिहान सप्तकोसीले अस्थायी बाँध भत्काएको हो । २०४५ सालदेखि कोसी पूर्वतिरबाट बग्न थालेपछि अहिले कोशी पसेको क्षेत्रमा बस्ती बसेको थियो । ३४ वर्षपछि कोसीले आफ्नो पुरानै बाटो समातेको हो ।

योसँगै बेलका नगरपालिका–२ र ३ का सैयौं बस्ती जोखिममा परेका छन् । डुम्रीबोटे हुँदै छिर्ने बाढीले सिसौलीघाट, धौरी टप्पु, चिलिमे, एबीसी, श्रीलंका टापु र रामनगरका स्थानीय प्रभावित भएका छन् ।कोसी छिर्दा वेलका नगरपालिकाका १ हजार ७ सय परिवारका २० हजारभन्दा बढीको बसोबास जोखिममा परेको छ ।

केही घर कोशीले डुबाएको छ । कोशीको बाढीबाट तत्काल ६ देखि ७ सय परिवार विस्थापित हुनसके बेलका नगरपालिकाका मेयर अशोक कार्कीले जानकारी दिनुभयो । प्रभावितहरुलाई बस्तीबाट सार्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

कोसीको मूल भँगालो बस्तीतिर जान थालेपछि उदयपुर मात्र होइन, सुनसरी र सप्तरीका केही बस्ती समेत डुबानमा पर्नेछन् । नदीको मूल भँगालो पसिनसकेकाले अहिले क्षति हुन पाएको छैन । तर, कटान नरोकिएकाले आज दिनभरीमा मूल भँगालो पनि पस्न सक्ने देखेको स्थानीयहरु बताउछन् |


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!