Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

जर्मनीमा बम विष्फोट हुँदा प्रहरी र अग्निनियन्त्रक घाइते


पश्चिमी जर्मनीको एक फ्ल्याटमा बिहीबार भएको विस्फोटनमा परी १२ जना आपतकालीन सेवाका कर्मचारी घाइते भएका छन् ।

उत्तरी राइन–वेस्टफालिया राज्यको रेटिङेनमा रहेको अग्लो भवनको अपार्टमेन्टभित्र विस्फोट भएको प्रहरीले ट्वीटरमार्फत जानकारी दिएको छ ।

नर्थ राइन वेस्टफालियाका आन्तरिक मामिलामन्त्री हर्बर्ट रेउलले १० जना अग्निनियन्त्रक र दुई जना प्रहरी अधिकारी घाइते भएको बताएका छन् ।

विस्फोट भएको फ्ल्याटबाट ५७ वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको र शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार बिहान एक व्यक्तिले आपतकालीन सेवालाई घटनास्थलमा बोलाएका थिए ।

उनीहरु आइपुगेपछि विस्फोट भएको थियो ।

प्रहरीले ट्वीटरमा घटनास्थलमा ‘ठूलो अपरेशन’ भएको उल्लेख गरेको छ ।

बिल्ड दैनिकका अनुसार उक्त शव संदिग्धकी आमाको रहेको बताइएको छ ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विश्व, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!