Techie IT
  • १८ चैत्र २०८१, मंगलबार
Nepal Gyan

सिङ्गापुर, मान्दिभ्स र दुबई पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ


प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलब पाउने लोभ देखाएर विभिन्न मुलुकमा पठाइदिने बहानामा लाखौँ रकम ठगी गर्ने व्यक्तिलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने रसुवा घर भई काठमाडौँको वसुन्धारा बस्ने होमबहादुर तामाङ, माल्दिभ्स पठाइदिन्छु भनी ठगी गर्ने धुलिखेलका अञ्जन सिग्देल र सिङ्गापुर पठाइदिन्छु भनी ठगी गर्ने झापाका सिर्जन निरौलालाई पक्राउ गरिएको कार्यालयले जनाएको छ ।

सिङ्गापुर पठाइदिन्छु भन्ने निरौलाले ओमनाथ मैनालीसहित १२ जनालाई प्रतिव्यक्ति रु १४ लाख लाग्ने भनी पैसा उठाएका थिए । उनले मासिक रु चार लाखसम्म तलब हुने भनी लोभ देखाएर रकम सङ्कलन गरेको खुलेको छ ।

पीडितहरूबाट रु ९५ लाख लिएर उनी फरार भएपछि पीडित प्रहरीमा आइपुगेका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई काठमाडौँको सिनामङ्गलबाट पक्राउ गरी आज वैदेशिक रोजगार विभागमा बुझाएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताउनुभयो ।

यता सिग्देललाई जडीबुटीबाट पक्राउ गरिएको र आजै थप कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको कार्यालयका प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो । यस्तै तामाङलाई भने काठमाडौँको बसुन्धाराबाट पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको छ ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!