Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

‘महिला हिंसा निवारणका लागि आवाज बुलन्द बनाउनुपर्छ’


उपसभामुख इन्दिरा रानाले महिला हिंसा विरुद्धको आवाज महिला हिंसा निवारणका लागि प्रतिनिधित्व गर्ने हुनाले निरन्तर बुलन्द गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय महिला आयोगद्वारा आज आयोजित महिला हिंसा निवारणका लागि नीतिगत प्रभाव पार्ने शैक्षिक प्रतिष्ठानसँगको अन्तक्र्रिया कार्यक्रममा उपसभामुख रानाले महिला हिंसा महिलाको मात्र समस्या नभई सामाजिक समस्या रहेकाले सबै पक्ष एकजुट भएर आवाज उठाएमा मात्र समस्या समाधान हुने बताउनुभयो ।

“सबै एकजुट भएमा मात्र महिला हिंसा निवारणमा टेवा पुग्छ । हिंसा विरुद्धमा चर्किएका आवाज निरन्तर रुपमा बुलन्द गरिरहनुपर्छ”, उहाँले भन्नुभयो ।
उपसभामुख रानाले महिलाका अधिकारका लागि अठोट भएर लाग्नुपर्ने बताउनुभयो । आफूले अधिकारका लागि आवाज उठाउँदा सेवा सुविधा नपुगेर माग गरेको गलत प्रसारणप्रति उहाँले गुनासो व्यक्त गर्नुभयो ।

शिक्षा पद्धतिमा लैङ्गिकतालाई कसरी समावेश गर्न सकिन्छ भन्ने विषयमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा रमेश भट्टराईले परपम्परागतदेखि पाठ्यक्रममा महिलाको चित्रणमा विभेद गरेको बताउनुभयो । “पाठ्यक्रममा ढिकी कुट्ने, जाँतो चलाउने, बालबच्चा स्याहारसुसार गर्नेलगायत महिलाको भूमिकालाई चित्रण गरिने विषयवस्तु उचित छैनन । बालबालिकाको स्तरअनुसार पाठ्यक्रम निर्माण गर्नुपर्छ”, उहाँले भन्नुभयो । विद्यालयमा समावेश गरेका लैङ्गिकतासम्बन्धी विषयका पाठ्यक्रममा सन्तुलन नरहेको र रहेका विषयवस्तुको विश्लेषण उचित ढङ्गले गर्नुपर्नेमा भट्टराईको भनाइ छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्माले विद्यार्थीको बुझाइको स्तरअनुसार पाठ्यक्रम निमार्ण हुनुपर्ने बताउनुभयो ।  “बालबालिकाले बुझ्न सक्ने क्षमताअनुसार पाठ्यक्रम निर्माण गर्नुपर्दछ । विगतका असल अभ्यासलाई निरन्तरता दिई दुर्बल पक्षलाई परिमार्जन गर्दै लैजानु आजको आवश्यकता हो । सही चित्रण र त्यसको विश्लेषणले विद्यार्थी मानसिकतामा परिवर्तन गराउनुपर्छ”, उहाँले भन्नुभयो ।

सहसचिव शर्माले वर्तमान समयमा छात्रामाथि भएका यौनजन्य हिंसाको उजुरी, फैसलाको अध्ययन गरी सिफारिस गर्न आयोगलाई अनुरोध गर्नुभएको छ ।
पाठ्यक्रम विकास केन्द्रका निर्देशक बाबुराम ढुङ्गानाले समस्या पाठ्यक्रममा नभई कार्यान्वयनमा रहको बताउनुभयो ।

“सामाजिक, नैतिकलगायत अन्य पुस्तकमा पनि महिला हिंसा निवारण सम्बन्धित विषय समावेश गरेका छौँ । पाठ्यक्रमका विषयवस्तु कसरी विश्लेषण गरी प्रस्तुत गरिएका छन, त्यसले पनि फरक पार्छ । यसमा औपचारिक शिक्षाका साथै अनौपचारिक शिक्षाले पनि उत्तिकै महत्व राख्छ”, उहाँले भन्नुभयो–“पाठ्यक्रममा केही हेरफेर गर्नुपर्ने विषय होलान्, यससँगै सुधार हुने क्रम पनि अनुकूल रहेको छ ।”

कार्यक्रममा आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले महिला हिंसा निवारणमा मानसिकता परिवर्तन गरी व्यवहार सङ्गत हुन जरुरी रहेको बताउनुभयो । “जबसम्म व्यवहार परिवर्तन गर्न सक्दैनाँै, तबसम्म नीतिगत व्यवस्थाले प्रभावकारी भूमिका निर्वाह गर्न सक्दैन । तसर्थ कुसंस्कार संस्कृति परिवर्तनका लागि निरन्तर प्रयासले पनि सफलता परिवर्तन गर्न कठिनाइ परेको छ”, उहाँले भन्नुभयो । शैक्षिक क्षेत्रबाट महिला हिंसा निवारणमा महत्वपूर्ण भूमिका पुग्ने अध्यक्ष पराजुलीको भनाइ छ ।

कार्यक्रममा विभिन्न शैक्षिक प्रतिष्ठानले वर्तमान समयअनुसार पाठ्यक्रममा महिला हिंसा निवारणका विषय समावेश गरी पठनपाठनको माध्यमबाट विद्यार्थीको सोचाइमा सकारात्मक परिवर्तन ल्याउन सही विश्लेषण गरी अध्ययन गराइनुपर्ने विषयमा जोड दिइएको थियो ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!