Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

प्रतिभा प्रस्फुटन गर्ने माध्यम टिकटक


बदलिँदो समयसँगै मानिसले मनोरञ्जन गर्ने माध्यमसमेत परिवर्तन हुँदै गएका छन । प्रविधिको तीव्र विकासँगै विकास भएका सामाजिक सञ्जाल अहिलेको मानिसको मनोरञ्जनको प्रमुख माध्यम बनेको छ । त्यसमा पनि पछिल्लो समय टिकटकमा रमाउने बढी छन् ।

मानिसका लागि मनोरञ्जन मात्रै नभइ टिकटक आजकल प्रतिभा प्रस्फुटन गर्ने माध्यम भएको छ । टिकटकमार्फत गीतमा अभिनय गर्ने कञ्चनपुर भीमदत्त नगरपालिका– १८ का नरेश जोशी अहिले म्युजिक भिडियोमा पनि अभिनय गर्न थाल्नु भएको छ । सुरुवाती समयमा टिकटकमा अभिनय गरेका भिडियो सार्वजनिक गर्न थालेपछि उहाँको अभिनय मन पराउनेको सङ्ख्या धेरै भयो ।
टिकटकमार्फत नै चर्चामा आउनुभएका उहाँ पछिल्लो समय देउडा गीतमा अभिनय गर्न खोजिने पात्र बन्नुभएको छ । “टिकटकमा अभिनय गरेका भिडियो राख्थे पछि म्युजिक भिडियोमा पनि अभिनय गर्ने अवसर पाए”, जोशीले भन्नुभयो,“अहिलेसम्म एकदर्जन बढी भिडियोमा  अभिनय गरिसकेको छु ।” विशेषगरी देउडा गीतमा अभिनयका लागि अफर आउने गरेको उहाँले बताउनुभयो । लामो समय रोजगारीका लागि भारत बस्नुभएका उहाँ केही वर्षयता कञ्चनपुरमा अटो व्यवसाय सञ्चालन गरिराख्नुभएको छ । “परिवारको जोहो गर्न अटो चलाउछु अभिनय त कहिलेकाही मात्रै हो”, उहाँले भन्नुभयो, “अभिनयबाटै घरपरिवार चल्ने नदेखेपछि अटो व्यवसाय पनि गरिराखेको छु ।”

 

कोरोना भाइरस महामारी फैलिएका वर्ष समय बिताउन मानिसलाई सजिलो माध्यम बन्यो टिकटक ।  त्यसयता नै नेपालमा पनि टिकटकको चर्चा एकाएक चुलियो । यसले कयौँ मानिसका प्रतिभालाई बजारमा परिचित गरायो । कयौँ मानिसलाई लोकप्रिय बनायो नाम पनि नसुनिएका ठाउँलाई एकाएक पर्यटन क्षेत्र बनायो । कक्षा १२ पास गरेर उच्च शिक्षा अध्ययनका लागि महेन्द्रनगर आउनु भएका बैतडीका प्रतिभा भट्ट पनि अहिले चर्चामा हुनुहुन्छ ।

बैतडी बस्दासम्म मोबाइलसमेत नभएका उहाँ अहिले देउडा गीत गाएका भिडियो टिकटकमा राखेर चर्चामा हुनुहुन्छ । “बैतडीबाट महेन्द्रनगर आए पनि एकदिन देउडा गीत गाएको भिडियो टिकटकमा राखे”, भट्टले भन्नुभयो, “टिकटकमा फलोअर्स र भ्यूज धेरै आयो साथीहरुले पनि राम्रो छ अझ गाउनुपर्छ भने ।” उहाँले पछि स्वर राम्रो छ अझै गाउनुप¥यो भनेर अनुरोध आउन थालेपछि थप भिडियो टिकटकमा पोष्ट गर्न थालेको बताउनुभयो ।

 

 

त्यसैगरी यहाँका लक्ष्मण अधिकारी पनि टिकटक प्रतिभा प्रस्फुटन गर्ने प्रमुख माध्यम बनेको बताउँनुहुन्छ । “मैले टिकटकमा देउडा गीतको मात्रै भिडियो बनाउने गरेको छु”, उहाँले भन्नुभयो, “सबैले देउडा गीत पनि हेरुन् सुनुन् हाम्रो भाषा संस्कृतिको पनि प्रचार होस् भन्ने उद्देश्य पनि हो ।” देउडा गीतमा अभिनयसँगै आफ्नै स्वरमा गीतसमेत बजारमा ल्याएको उहाँले बताउनुभयो ।  अहिले उहाँका ‘दुवैको लाहुर्या’ लगायतका गीत चर्चामा छन् ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : प्रविधी, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!