Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

चालीस प्रतिशत जापानी युवाले उच्च शिक्षा निःशुल्क होस् भन्ने चाहन्छन् ः सर्वेक्षण


जापानमा १० देखि १८ वर्ष उमेर समूहका जापानी युवामा हालै गरिएको एक सर्वेक्षणले ४० प्रतिशतले बालबालिकाका लागि उच्च शिक्षालाई निःशुल्क बनाउने नीतिलाई सरकारका उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

निप्पोन फाउन्डेसनले गरेको अनलाइन सर्वेक्षणमा मार्चमा १० हजार व्यक्तिलाई समावेश गरिएको थियो ।

उत्तरदाताहरूलाई एक भन्दा बढी उत्तरहरू छनौट गर्न दिइएको थियो ।

बालबालिकाका लागि सरकारले आफ्नो नीतिमा के लाई प्राथमिकता दिनुपर्छ भन्ने प्रश्नमा ४० प्रतिशत उत्तरदाताले उच्च माध्यमिक विद्यालय र विश्वविद्यालयलाई ट्युसनमुक्त बनाउनुपर्ने बताएका थिए भने ३७ प्रतिशतले भयरहित समाज निर्माण गनुपर्ने बताएका थिए ।

बालबालिकालाई अपराधबाट जोगाउने र सहयोगको गम्भीर खाँचोमा परेका बालबालिकाको आवाज राम्ररी सुन्ने दुवै प्रश्नको जवाफ ३० प्रतिशतभन्दा बढी थियो ।

निप्पोन फाउन्डेसनका एरिको ताकाहाशीका अनुसार सर्वेक्षणमा केही बालबालिकाले आफ्ना आमाबाबुको आर्थिक अवस्थाका कारण आफूले चाहेको शिक्षाका लागि अनुरोध गर्न हिचकिचाउने गरेको बताएका छन् ।

उहाँले बालबालिकालाई आफ्नो विचारको सम्मान गर्ने अधिकार छ भन्ने ज्ञान सरकारले फैलाउनुपर्ने र सुधारका लागि ठोस कदम चाल्नुपर्ने बताउनुभयो ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विश्व, शिक्षा, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!