Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

डुबेर बालिकाको मृत्यु


निसीखोलामा डुबेर बालिकाको मृत्यु भएको छ । बागलुङको निसिखोला गाउँपालिका–६ भल्कोट बस्ने चक्रबहादुर बुढाकी छोरी पाँच वर्षीया साकीराको डुबेर मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मदन केसीले जानकारी दिनुभयो ।

घर भन्दा दुई सय मिटर तल रहेको निसीखोलामा खेल्ने क्रममा डुबेर गम्भीर भएकी बालिकाको बुर्तिवाङ प्राथमिक स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!