Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

ट्रकको ठक्करबाट घाइते छ बालबालिकाको अवस्था सुधार


विद्यालय जान सडक छेउ बस कुरिरहेका बेला तनहुँको बन्दीपुर गाउँपालिका–५ आँधीखोलामा ट्रकको ठक्करबाट घाइते छ बालबालिकाको स्वास्थ्यमा सुधार आएको छ ।

पृथ्वीराजमार्गअन्तर्गत डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना४ख १९७३ नम्बरको ट्रकको ठक्करबाट बुधबार घाइते भएका छ बालबालिकाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । उहाँका अनुसार ती बालबालिकाको स्वास्थ्यमा सुधार आएको छ् ।

दुर्घटनामा बन्दीपुर गाउँपालिका–५ बस्ने छ वर्षीया आयुषा भुजेल, दस वर्षीया जस्मिन भुजेल, दस वर्षीय ईश्वर भुजेल, आठ वर्षीय समीर भुजेल र पाँच वर्षीय सन्तोष भुजेल घाइते भएका थिए ।

उक्त दुर्घटनामा सोही ठाउँका १२ वर्षीय आयुष भुजेल, ५० वर्षीय चेतबहादुर घर्ती र ६९ वर्षीय सनबहादुर भुजेलको मृत्यु भएको थियो । मृत्यु भएकामध्ये एक बालक र घाइते छ बालक आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत छन् । बालबालिका सधैँ झैँ उक्त दिन पनि विद्यालय जान बिहान ९ः३० बजे सडक छेउमा उभिएका थिए ।
यत्तिकैमा अचानक डुम्र्रेबाट आएको ट्रकले बालबालिकालाई ठक्कर दियो । उक्त ट्रकले बालबालिकासँगै सडक छेउमै रहेको एक घरमा पनि ठक्कर दियो । ठक्करबाट विद्यालय जान तयारी गरिरहेका विद्यार्थी र अन्य दुई जना घाइते भएका थिए ।

उक्त घटनाप्रति बन्दीपुर गाउँपालिकाले दुःख व्यक्त गरेको छ । दुर्घटनामा मृत्यु भएका तीन जनाप्रति समवेदना व्यक्त गर्दै गाउँपालिकाले घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ ।

गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले आज जारी गर्नुभएको शोक वक्तव्यमा भनिएको छ, “मृतात्माको चीरशान्तिको कामना गर्दै उक्त दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।”

घाइतेको उद्धार तथा उपचारमा संलग्न व्यक्ति, सुरक्षाकर्मी, चिकित्सक, स्थानीय जनप्रतिनिधि, सङ्घसंस्थाका प्रतिनिधि र स्थानीय जनसमुदायमा गाउँपालिकाले आभार व्यक्त गरेको छ ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : समाचार, समाज, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!