Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध : मुख्यमन्त्री यादव


मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशको विकासका लागि भ्रष्टाचार नियन्त्रण गर्न जरुरी रहेको बताउनुभएको छ । मन्त्री यादवले बुधबार रौतहटको चन्द्रपुरस्थित चन्द्रनिगाहपुरमा आयोजित मधेश प्रदेश सञ्चार सम्मेलनमा उहाँले मधेश प्रदेशको विकासका लागि भ्रष्टाचार नियन्त्रण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

सञ्चारकर्मी र सञ्चारमाध्यमका लागि हित अनुकूलका ऐन तथा कानून निर्माणमा प्रदेश सरकार लागि परेको भन्दै उहाँले प्रदेशमा सञ्चारकर्मीलाई सहयोग गर्न आगामी आर्थिक वर्षमा रु एक करोडको अक्षयकोष स्थापना गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा रौतहटका सांसद देवप्रसाद तिमल्सिना,प्रदेशसभा सदस्य युवराज भट्टराईलगायतले पत्रकारिता पेशालाई मर्यादित बनाउन जोड दिनुभयो । नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश तथा रौतहट शाखाको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा प्रदेशका आठवटै जिल्लाका अध्यक्षको सहभागिता रहेको थियो ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!