Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

सचिव पाण्डेलाई तीन दिन हिरासतमा राख्न अनुमति


नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ पर्नुभएका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई जिल्ला अदालत काठमाडौँले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

अदालतले ठगी र सङ्गठित अपराधसम्बन्धी कसूरमा अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।

प्रहरीले सचिव पाण्डेलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिइ पक्राउ गरेसँगै आज जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको थियो । हाल पाण्डे उपराष्ट्रपति कार्यालयमा कार्यरत हुनुहुन्छ । यसअघि उहाँ गृह मन्त्रालयको सचिव हुनुहुन्थ्यो । पाण्डे गृह मन्त्रालयको सचिव रहेका बेला नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको आरोप लागेको छ ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!