Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

बझाङ : यार्सा सङ्कलनमा हिँडेका एकको निधन, एक बेपत्ता


बझाङमा यार्सागुम्बा सङ्कलन गर्न हिमाली भेग गएका एक जनाको निधन भएको छ भने एक जना बेपत्ता भएका छन् । सुर्मा गाउँपालिका–४ बस्ने अन्दाजी ४५ वर्षीय प्रभु बोहराको मङ्गलबार यार्चागुम्बा सङ्कलनका क्रममा अत्यधिक हिमपात र पानी परेपछि घर आउने बेला चिसोले कठ्याङ्ग्रिएर बाटोमै निधन भएको प्रहरी निरीक्षक रमेश अवस्थीले बताउनुभयो ।

उहाँका अनुसार बोहरा यार्सागुम्बा सङ्कलन गर्न चुफी वनतिर जानुभएको थियो । मङ्गलबार नै सुर्मा गाउँपालिकाकै ३३ वर्षीया झल्लादेवी बोहरा हिमपहिरोमा परेर बेपत्ता हुनुभएको छ । उहाँको खोजीकार्य जारी रहेको प्रहरी निरीक्षक अवस्थीले बताउनुभयो ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!