Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

कार्गो व्यवसायमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध : मन्त्री बडू


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले सरकार कार्गो व्यवसायमा देखिएका समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनले २८ औँ कार्गो दिवसका अवसरमा आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री बडूले नेपालको कार्गो व्यवसायमा देखिएका समस्याहरू समाधान गर्न सरकार प्रतिबद्ध रहेको र त्यसका लागि केही नीतिगत कार्य अगाडि बढिसकेको बताउनुभयो ।

उहाँले नेपालको खरिद नीति (Logistic Policy) को मस्यौदा मन्त्रिपरिषद्मा पुगिसकेको पनि जानकारी दिनुभयो ।

दक्षिणी तथा उत्तरी सीमाका विभिन्न नाकाहरूमा सुख्खा बन्दरगाह तथा एकीकृत जाँच चौकीहरूको निर्माण गर्ने नीतिअनुसार कार्य भइरहेको र सीमानाकामा आवश्यक क्वारेन्टिन ल्याब सुविधा व्यवस्थापनमा सरकारको ध्यानाकर्षण भएको उल्लेख गर्नुहुँदै उहाँले अहिले सञ्चालनमा आएको चोभार सुख्खा बन्दरगाह र भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक रुपमा कार्गो सेवा सञ्चालन गर्न कार्गो व्यवसायीहरूको महत्त्वपूर्ण र सक्रिय सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

उहाँले देशमा रहेका उद्योगधन्दा, दैनिक आवश्यकताका सामानहरू समेत आयात गर्नुपर्ने बाध्यता रहेको अवस्थामा सरकारले स्वदेशी उत्पादन अभिवृद्धिका लागि विभिन्न कार्यक्रम तय गरेको र नेपाल उद्योग वाणिज्य महासङ्घले अघि सारेको भिजन २०३० ले औँल्याएका विषयहरूमा पनि छिट्टै समझदारी पत्रमा हस्ताक्षर हुने बताउनुभयो ।


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!