Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

अफगानिस्तानमा सडक दुर्घटनामा छ जनाको मृत्यु, एक घाइते


अफगानिस्तानको उत्तरी बाघलान प्रान्तमा मङ्गलबार भएको सडक दुर्घटनामा परी कम्तीमा छ जना यात्रुको मृत्यु हुनाका साथै अन्य केही घाइते भएका छन् ।

प्रान्तीय प्रहरी कार्यालयले विज्ञप्ति जारी गर्दै प्रान्तीय राजधानी पुल–ए–खुम्रीबाहिर ख्वाजा अलवान क्षेत्रमा मङ्गलबार बिहान ट्रकले कारलाई ठक्कर दिँदा एक महिला र एक बालकसहित छ जनाको घटनास्थलमै मृत्यु भएको अन्य एक जना घाइते भएको उल्लेख गरेको छ ।

अफगानिस्तानमा शुक्रबारदेखि मङ्गलबारसम्म भएको यो चौथो सडक दुर्घटना हो । उत्तरी तखार प्रान्तमा शुक्रबार भएको सडक दुर्घटनामा नौ यात्रु घाइते भएका छन् ।

गत शनिबार पूर्वी पक्तिया प्रान्तमा मिनिबसले कारलाई ठक्कर दिँदा १३ यात्रु घाइते भएका थिए भने आइतबार उत्तरपूर्वी बदख्सान प्रान्तमा भएको सडक दुर्घटनामा १३ जना यात्रु घाइते भएका थिए ।

भीडभाड भएका सडकमा लापरबाही तरिकाले सवारी चलाउनु र यात्राको क्रममा सुरक्षा उपाय नअपनाउँने जस्ता कारणले गर्दा धेरैजसो घातक सडक दुर्घटना हुने गरेको पाइएको छ ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विश्व, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!