Techie IT
  • ६ असोज २०८१, आईतबार
Nepal Gyan

सरकारले छोटो समयमै महत्वपूर्ण काम गरेको छ : मन्त्री शर्मा


नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले छोटो समयमै महत्वपूर्ण काम गरेको बताउनुुभएको छ ।

दाङको राप्ती गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले सरकारले समयमै हरेक विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु¥याएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पछिल्लो समय ज्येष्ठ नागरिकले पाउँदै आएको सामाजिक सुरक्षा भक्ता कटौती गर्दैछ भनेर पनि प्रचार गरिएको छ यो सरासर गलत हो । यो बारेमा अहिलेको सरकारले कुनै निर्णय नलिएको र यो विषय सोच्नै नसक्ने भन्दै सरकारलाई बदनाम गराउनेले ज्येष्ठ नागरिक भत्ता कटौती गर्दैछ भनेर हल्ला फिजाइ रहेको बताउनुभयो ।

मन्त्री शर्माले सरकारले गरेका सकारात्मक कामलाई पार्टी कार्यकर्ताले जनता सामू लैजान र जनताका समस्या सरकारसम्म ल्याउन आग्रह गर्नुभयो । सरकार खेतीको समय अगावै सबै किसानको पहुँचमा मलखाद पु¥याउन प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले मिटरब्याजी पीडितका समस्या सधैँका लागि अन्त्य गर्नका लागि कानुन निर्माण गरी हल गर्ने प्रक्रियामा सरकार रहेको जानकारी दिनुभयो ।

#Nepalgyan #News #Kathmandu #Nepal


क्याटेगोरी : राजनीति, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!