Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

प्रा डा आचार्य र धमलालाई युगकवि सिद्धिचरण पुरस्कार


युगकवि सिद्धिचरण श्रेष्ठको साहित्य सिर्जनालाई अनुसरण गरी नेपाली साहित्यको विकासका लागि उल्लेख्य योगदान गरेवापत युगकवि सिद्धिचरण प्रतिष्ठानले ‘युगकवि सिद्धिचरण पुरस्कार २०८०’ प्रा डा जयराज आचार्यलाई प्रदान गर्ने भएको छ ।

यसैगरी ‘युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार, २०८०’ लामो समयदेखि पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आउनुभएका चेतनाथ धमलालाई प्रदान गरिने भएको छ । युगकवि श्रेष्ठ निरङ्कुश राणा शासनविरुद्ध क्रान्तिकारी साहित्य सिर्जना गर्ने जेलनेलसमेत भोगेका एक निर्भिक सर्जकका रूपमा प्रसिद्ध हुनुहुन्छ ।

प्रतिष्ठानका अध्यक्ष वैरागी काइँलाको अध्यक्षतामा बसेको बैठकले श्रेष्ठको एक सय १२औँ जन्मजयन्तीका अवसरमा आउँदो जेठ ९ गते विशेष कार्यक्रम गरी सो पुरस्कार प्रदान गर्ने भएको छ ।

प्रतिष्ठानले उपाध्यक्ष प्रा डा मोहन लोहनीको संयोजकत्वमा सदस्य पुरुषोत्तम बस्नेत र प्रा डा उषा ठाकुरसहित तीन सदस्यीय पुरस्कार छनोट समिति गठन गरेको थियो । समितिको सिफारिसलाई प्रतिष्ठानको बैठकले अनुमोदन गरी सो निर्णय गरेको हो ।

#Nepalgyan #News #Kathmandu #Nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!