Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

सुडानमा हिंसा जारी, पाँच दिनमा दश हजारभन्दा बढी मानिस इजिप्ट प्रवेश


द्वन्द्वग्रस्त सुडानबाट १० हजारभन्दा बढी मानिस भागेर कास्टल र अर्कीनको स्थलसीमा पार गर्दै छिमेकी मुलुक इजिप्ट पुगेको इजिप्टले जनाएको छ ।

इजिप्टको जनरल अथोरिटी फर ल्याण्ड एण्ड ड्राई पोर्ट्स (जीएएलडीपी) ले बुधबार एक विज्ञप्ति जारी गरी द्वन्द्वग्रस्त सुडानबाट करिब पाँच दिनमा १० हजारभन्दा बढी मानिस भागेर इजिप्ट आइपुगेको जनाएको हो ।

अप्रिल २१ देखि २५ को बीचमा कास्ताल हुँदै एक हजार २९७ जना (इजिप्ट) आएका थिए भने अन्य आठ हजार ८९७ जना अरकीन हुँदै इजिप्ट प्रवेश गरेका विज्ञप्तिमा उल्लेख छ ।

जीएएलडीपीले सुडानबाट भागेका इजिप्टका नागरिक र योग्य विदेशीहरूलाई सबै सुविधाहरूमा पहुँच सुनिश्चित गर्न सबै सम्बन्धित संस्थाहरूसँग समन्वय गरिरहेको जनाएको छ ।

गत अप्रिल १५ मा सुडानी सेना र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेजबीच राजधानी खार्तूम र अन्य सुडानी क्षेत्रमा भीषण झडप भएको थियो ।

सुडानको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार सुडानमा अहिलेसम्म ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने चार हजारभन्दा बढी घाइते भएका छन् ।

सुडानबाट आफ्ना कुटनीतिज्ञ र नागरिकलाई सुडानभन्दा बाहिर निकाल्न लागिपरेका समय युद्धरत पक्षहरू सोमबार मध्यरातदेखि तीन दिने युद्धविरामका लागि सहमत भएका छन् ।

#Nepalgyan #News #Kathmandu #Nepal


क्याटेगोरी : विश्व, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!