Techie IT
  • ५ असोज २०८१, शनिबार
Nepal Gyan

आगलागी हुँदा घरगोठ नष्ट


सप्तरीको सुरुङ्गा नगरपालिका र तिरहुत गाउँपालिकामा आज आगलागी हुँदा पाँच जनाको घरगोठ जलेर नष्ट भएको छ । सुरुङ्गा–९ टिकुलिया बस्ने ४० वर्षीय मन्जुर मियाँ, ४३ वर्षीय ज्याउ लमियाँ, ४६ वर्षीय सहदा फमियाँ र ४५ वर्षीय दरगैइ मियाँको घरगोठ जलेर नष्ट भएको हो ।

आगलागीका कारण थाहा हुन सकेको छैन । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीले शम्भुनाथ नगरपालिका र सिरहाको लहान नगरपालिकाबाट आएको वारुणयन्त्रको सहयोगमा आगो निभाएका थिए ।

यस्तै तिरहुत–५ मेहता टोल बस्ने ५० वर्षीय जुगेश्वर यादवको फुसको घरमा आज आगो लागेर नष्ट भएको छ । जस्तापाताको छाना भएको गोठ घरमा रहेको घुरबाट आगो सल्किएर फैलिएको स्थानीयवासीले बताएका छन् । आगलागीबाट जस्ताको छानो र पराल भएको घर र काठ, दाउरा जलेर क्षति भएको छ ।

#Nepalgyan #News #Kathmandu #Nepal

 


क्याटेगोरी : समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!