Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

लोक्ता पाउन छाडेपछि कागज उद्योग सङ्कटमा


सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङ नजिकै रहेको हाते कागज उद्योग लोक्ता अभावमा सङ्कटमा परेको छ । वनमा लोक्ता पाउन छोडेपछि वरुण कागज उद्योग सञ्चालनमा समस्या भएको हो ।

वनमा कच्चा पदार्थ पाउन छाडेपछि हाते कागज उद्योग सञ्चालनमा समस्या भएको सञ्चालक रुद्रबहादुर गुरुङले बताउनुभयो । डिभिजन वन कार्यालयबाट कच्चा पदार्थ सङ्कलनका लागि पूर्जी लिनुपर्ने व्यवस्था भए पनि त्यस बराबरको लोक्ता वनमा पाउन छोडेपछि अप्ठ्यारोमा परेको उहाँले उल्लेख गर्नुभयो । जिल्लामा हाते कागज प्रयोग नहुँदा काठमाडौँ पठाउनुपर्ने बाध्यता रहेको गुरुङले गुनासो गर्नुभयो ।

जिल्लाको भोटखोला, मकालु गाउँपालिका र धर्मदेवी नगरपालिकाको माथिल्लो क्षेत्रमा केही वर्ष अगाडि प्रशस्त लोक्ता पाइन्थ्यो । तर पछिल्लो समय ती क्षेत्रमा पनि लोक्ता पाउन छोडेको उहाँको भनाइ छ । पछिल्लो समय यसको संरक्षणको अभावमा कम हुँदै गएका कारण कागज उत्पादनमा समस्या भएको हो ।

हरेक वर्ष वरुण कागज उद्योगमा तीन चार सय कोरी कागज उत्पादन हुने गरेको छ । जसमा एक कोरीमा दुई सय पाना हुने गरेको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै स्थापना गरिएको उद्योगले बजार नपाउँदा सङ्कटमा परेको सञ्चालक गुरुङले बताउनुभयो ।

उहाँका अनुसार सडक पहुँचभन्दा टाढा रहेको उद्योगको प्रवद्र्धन नहुँदा सङ्कटमा परेको हो । लोक्ता सङ्कलन गर्न प्रतिकेजी पाँच रुपैयाँ राजस्व लाग्छ । नेपाली हाते कागजले बजार नपाउँदा कागज उद्योग सञ्चालनमा समस्या भएको उद्योगी बताउँछन् ।

#Nepalgyan #News #Kathmandu #Nepal


क्याटेगोरी : शिक्षा, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!