Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

इरानबाट दैनिक एक करोड लिटर डिजेल तस्करी हुने गरेको तेहरानको दावी


इरानका उपमन्त्री जलिल सलारीले प्रतिस्पर्धात्मक मूल्यका कारण इरानबाट दैनिक औसत एक करोड लिटर डिजेल तस्करी हुने गरेको बताउनुभएको छ ।

इरानको ‘नेशनल इरानी आयल रिफाइनिङ एण्ड डिस्ट्रिब्युसन कम्पनी’का प्रबन्ध निर्देशकसमेत रहेका सलारीले इरानको आधिकारिक समाचार संस्था इरनालाई दिएको अन्तर्वार्तामा उक्त कुराको जानकारी गराउनुभएको हो ।

इरानमा एक लिटर डिजेलको मूल्य आसपासका देशको तुलनामा करिब ०.८ अमेरिकी डलर कम रहेकोले इरान र उसका छिमेकी मुलुकबीच डिजेलको मूल्यमा आएको भिन्नताले तस्करीलाई आकर्षण गरेको उहाँले बताउनुभयो ।

सलारीका अनुसार देशको यातायात क्षेत्रमा डिजेलको दैनिक खपत अहिले आठ करोड ४० लाख लिटर रहेको छ भने “डिजेल को तस्करी रोक्नको लागि, इरानले व्यक्तिगत ईन्धन कार्डको प्रयोगलाई बढावा दिएको छ र मौद्रिक लेनदेनमा अधिक नियन्त्रण प्रयोग गर्न र शङ्कास्पद लेनदेनको पहिचान गर्न स्मार्ट प्रणालीलाई अपग्रेड गरेको छ ।

विश्वको सबैभन्दा ठूलो तेल र ग्याँस भण्डारमा रहेको इरानले आफ्ना १० प्रशोधन केन्द्रबाट दैनिक २२ लाख ब्यारेलभन्दा बढी कच्चा तेल र ‘कन्डेन्सेट’ प्रशोधन गर्दै आएको छ । देशको दैनिक डिजेल र पेट्रोलको उत्पादन क्रमशः ११ करोडदेखि ११ करोड ५० लाख लिटरसम्म पुगेको सलारीले बताउनुभयो ।

इरानी सरकारले इन्धनको प्रयोगमा अनुदान दिन्छ । यसले गर्दा इरानीहरूले इन्धन तस्करीलाई आकर्षक व्यवसाय बनाउँने गरेका छन् ।

पछिल्लो केही महिनायता इरानी नौसैनिक बलले तस्करीको इन्धन बोक्ने ठूलो सङ्ख्यामा जहाजहरू जफत गरेको छ ।

#Nepalgyan #News #Kathmandu #Nepal


क्याटेगोरी : विश्व, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!