Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

वर्षाको देशैभर सम्भावना


काठमाडौँ। आज (मंगलबार) पनि देशैभर मौसम वदली हुने भएको छ । मौसम वदलीसँगै हाल प्रदेश १, बागमती र लुम्बिनीका केही क्षेत्रमा वर्षा भइरहेको छ ।

आज दिउँसो देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि पनि आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

आज राति प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । बुधबार देशभर बदली रहनेछ । पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षा हुनसक्ने महाशाखाको सूचनामा उल्लेख छ ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही दक्षिणतिर छ भने पूर्वमा सरदर स्थान आसपासमा रहेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!