चक्कु प्रहारबाट महिलाको हत्या

कपनस्थित सरस्वती नगरमा चक्कु प्रहारबाट एक महिलाको हत्या भएको छ । चक्कु प्रहारबाट बाग्लुङको बडिगाड गाउँपालिका घर भई काठमाडौँमा भाँडा पसल सञ्चालन गर्दै आउनुभएकी ३५ वर्षीया निरा आचार्यको मृत्यु भएको हो । आज दिउँसो ३ बजेतिर आचार्यको घाँटी तथा शरीरका अन्य भागमा चक्कु प्रहार भएको थियो ।
चक्कु प्रहारबाट गम्भीर घाइते हुनुभएकी उहाँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । आचार्यलाई किन र कसले चक्कु प्रहार गरेकोबारे खुल्न सकेको छैन ।
#Nepalgyan #News #Kathmandu #Nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया