Techie IT
  • ५ असोज २०८१, शनिबार
Nepal Gyan

भारतीय राष्ट्रपति मुर्मूद्वारा राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना


भारतका राष्ट्रपति द्रौपदी मुर्मूले भारतको नयाँदिल्लीमा उपचारार्थ रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

भारतीय राष्ट्रपति मुर्मूले आज उहाँको स्वास्थ्यलाभको कामना गर्दै पठाउनुभएको सन्देश प्राप्त भएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । राष्ट्रपति पौडेल उपचारका लागि बुधबार भारत प्रस्थान गर्नुभएको हो ।

उहाँको स्वास्थ्य परीक्षण तथा उपचार नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा बुधबारदेखि भइरहेको दूतावासले जनाएको छ । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ ।

#Nepalgyan #News #Kathmandu #Nepal


क्याटेगोरी : राजनीति, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!