Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

सडक दुर्घटनामा तीनको मृत्यु


सडक दुर्घटनामा परी महोत्तरीमा पाँच वर्षीया बालिकासहित एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

माईस्थान–गौशाला–सम्सी सडकको गौशाला–१ मा बा३ख २३९६ नम्बरको यात्रुवाहक बस र मधेस प्रदेश ०१–००४–प ६८१९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको हो ।

मृतकहरू सिरहा कल्याणपुरका २६ वर्षीय अमृत मण्डल, अमृतकी पत्नी २४ वर्षीया अञ्जु मण्डल र पाँच वर्षीया भतिजी अङ्शु मण्डल रहेको प्रहरी नायब उपरीक्षक प्रदीपकुमार गिरीले जानकारी दिनुभयो ।

सिरहाबाट महोत्तरीको गौशाला हिँडेका मण्डल परिवार सवार मोटरसाइकल गौशालाबाट जनकपुरतर्फ गइरहेको बसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटना भएलगत्तै तीन जनामध्ये अमृत र अङ्शुलाई बर्दिबास–१४ स्थित शुभस्वस्तिक अस्पताल र अञ्जुलाई बर्दिबास ट्रमा सेन्टर पु¥याइएको थियो । त्यहाँ चिकित्सकले तीनैजनालाई मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका बस र मोटरसाइकल प्रहरीले नियन्त्रणमा राखेको छ । बसका चालक भने घटनालगत्तै फरार भएका प्रनाउ गिरीले बताउनुभयो ।
#Nepalgyan #News #Kathmandu #Nepal

 


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!