Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

सुदूरपश्चिममा १५ जनामा कोरोना सङ्क्रमण


सुदूरपश्चिम प्रदेशमा १५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा चारसय १३ जनाको परीक्षण गर्दा १५ जनामा सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पाँचजनाको पीसीआर र १० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । यसअघि हिजो २२ जनामा सङ्क्रमण देखिएको थियो ।

हाल सङ्क्रमण पुष्टि भएका अधिकांश भारतबाट फर्किएका रहेका छन् । भारतसँग सीमा जोडिएका जिल्लाका सबै नाकामा हेल्थ डेस्क स्थापना गरेर कोरोना परीक्षणपछि मात्रै भित्रिन दिइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

सुदूरपश्चिममा हालसम्म छ लाख ५५ हजार नौसय ३१ जनाको कोरोना परीक्षण गरिएकोमा ६२ हजार दुईसय ४५ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमणका कारण यस प्रदेशमा छसय ३६ जनाको ज्यान गइसकेको छ ।
#Nepalgyan #News #Kathmandu #Nepal


क्याटेगोरी : समाचार, समाज, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!