Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

अमेरिकी राज्य क्यालिफोर्नियामा डढेलो, तीन हजार व्यक्तिलाई सुरक्षित स्थलतर्फ सारियो


क्यालिफोर्निया। संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको योसेमिटी राष्ट्रिय निकुञ्ज नजिकै तीव्र रूपमा डढेलो फैलिएपछि आपत्काल घोषणा गरिएको छ ।

शुक्रवारबाट व्यापक रूपमा फैलिन सुरु भएको डढेलो २४ घण्टा बितिसक्दासमेत नियन्त्रणमा आउन सकेको छैन । “ब्यापक रूपमा फैलिइरहेको डढेलोे अग्नि नियन्त्रकहरूका लागि पनि चुनौतीपूर्ण हुन्छ,” क्यालिफोर्नियाको वारुण विभागले भनेको छ ।

डढेलोपछि तीन हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने करिब एक दर्जन घरहरू पूर्णरूपमा जलेका छन् ।

डढेलो ११ हजार ९०० एकडमा फैलिएको र यो अहिले संयुक्त राज्य अमेरिकाकै सबैभन्दा ठूलो सक्रिय डढेलो रहेको बताइएको छ ।

डढेलो प्रभावित क्यालिफोर्नियाको मारिपोसा काउन्टीमा आपत्काल घोषणा गरिएको छ ।


क्याटेगोरी : विश्व, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!