Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण


राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य परीक्षण गराएर निवास फर्कनुभएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँ उपचारका लागि आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज जानु भएको थियो ।

उपचारका क्रममा चिकित्सकहरूले राष्ट्रपति पौडेलको बायाँ छातीको तल्लो भागको भिडियो एक्सरे गरी परीक्षण गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

उपचारमा सम्लग्न चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ ।
#Nepalgyan #News #Kathmandu #Nepal

 


क्याटेगोरी : राजनीति, समाचार, समाज, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!