Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

बङ्गगलादेशमा रेल दुर्घटना हुँदा १२ जना घाइते


बङ्गलादेशको राजधानी ढाकाबाट करिब ९६ किलोमिटर पूर्वमा पर्ने कुमिल्ला जिल्लामा दुईवटा रेलका सात वटा डिब्बा लिकबाट बाहिरिएर दुर्घटना हुँदा कम्तीमा १२ जना घाइते भएका छन् ।

कुमिल्लाको नाङ्गलकोट प्रहरी चौकीका प्रमुख मोहम्मद फारुक हुसेनका अनुसार दक्षिणपूर्वी बन्दरगाह शहर चट्टोग्रामबाट ढाकातर्फ जाँदै गरेको यात्रुबाहक रेलको पाँच वटा डिब्बा स्थानीय समयअनुसार आइतबार साँझ ६ः३० बजे नाङ्गलकोटको हसनपुर रेलवे स्टेसनमा पछाडिबाट मालवाहक रेललाई ठक्कर दिँदा लिकबाट बाहिरिएको थियो ।

दुर्घटनापछि मालबाहक रेलका दुई डिब्बा रेलको लिकबाट खसेको उहाँले बताउनुभयो ।

अधिकारीका अनुसार रेल दुर्घटनाका कारण ढाकाबाट देशका अन्य भागसँग जोडिएको रेल सेवा घन्टौंसम्म अवरुद्ध भएको थियो । दुर्घटनाको कारण तत्काल खुल्न सकेको छैन ।
#Nepalgyan #News #Kathmandu #Nepal


क्याटेगोरी : विश्व, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!