Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

बैंकिङ क्षेत्रको जागिर चुनौतीपूर्ण : पूर्वगभर्नर नेपाल


नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जीवी नेपालले व्यवस्थापन विषयको अध्ययन र बैंक तथा वित्तीय संस्थामा रोजगारी निकै चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।

राष्ट्रपतिका आर्थिक सल्लाहकारसमेत रहनुभएका पूर्वगभर्नर नेपालले बैंकिङ क्षेत्रमा डिजिटलाइजेसनको प्रभावले चुनौती थपिएको उल्लेख गर्नुभयो । उडान शैक्षिक केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले क्रिप्टोकरेन्सी (डिजिटल करेन्सी)को प्रभाव बढेकाले यो क्षेत्रमा चुनौती थपिँदै गएको बताउनुभयो ।

“बैंकिङ क्षेत्रको जागिर संसारमा सबैभन्दा चूनौतीपूर्ण बनेको छ”, उहाँले भन्नुभयो, “बङ्गलादेशको बैंकबाट फ्लटहरुले डिजिटलको माध्यमबाट पैसा निकाले घटनाहोस् वा अन्य किसिमका गतिविधि किन नहुन्, चूनौतीपूर्ण बनिरहेको छ ।”

उहाँले कुनै पनि क्षेत्रमा व्यावसायिक सफलताका लागि अध्ययन र व्यावसायिक योजना जरुरी रहेको खाँचो औँल्याउनुभयो । आफ्नो क्षमता आफैले उजागर गर्नसके विद्यार्थीलाई नेपालको कुनै पनि क्षेत्रमा जागिर पाउन कठिनाइ नहुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “क्षमतावान विद्यार्थीलाई नेपालको कुनै पनि क्षेत्रमा जागिर पाउन अप्ठ्यारो छैन । तर, त्यसका लागि कोही पनि सबै कुरामा जान्ने हुँदैनन् भन्ने मान्यतालाई आत्मसात गरेर अध्ययनको कामलाई अघि बढाउनुपर्छ ।”
#Nepalgyan #News #Kathmandu #Nepal


क्याटेगोरी : अर्थ, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!