Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

देश बदल्न अब एजेण्डा बदल्नुपर्छ : उपाध्यक्ष पाण्डे


नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देश बदल्न अब एजेण्डा बदल्नुपर्ने बेला आएको बताउनुभएको छ ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन गोरखाको आयोजनामा गोरखा सदरमुकाममा आयोजित ४४ औँ शिक्षक दिवस कार्यक्रमको उद्घाटन समारोहमा आज उहाँले साँच्चै राजनीतिक दलहरूले देश बदल्ने हो भने सबैले आ–आफ्नो एजेण्डा बदल्नुपर्ने बेला भएको बताउनुभयो ।

उहाँले देशमा गणतन्त्र आइसकेपछि परिस्थिति बदलिएको भन्दै दलले पनि अब पुराना एजेण्डा बोकेर हिँडेर देशलाई नयाँ ठाउँमा पु¥याउन नसक्ने उल्लेख गर्नुभयो ।

अहिले चर्चामा भएजस्तो नेपालको अर्थतन्त्र खराब अवस्थामा पुगिनसकेको उपाध्यक्ष पाण्डेको भनाइ छ । “अर्थतन्त्रको अवस्था खराब म देख्दिनँ”, उहाँले भन्नुभयो, “अर्थतन्त्र बिग्रियो भन्नेभन्दा पनि मान्छेको आवश्यकता र चाहना बढेको हो ।”

उपाध्यक्ष पाण्डेले शिक्षा क्षेत्रमा लगानी बढाउन सकेमात्र देशको विकास र समृद्धि छिटो हुने बताउनुभयो । उपाध्यक्ष पाण्डेले नेपालको राजनीतिक परिवर्तनको आधारशिला शिक्षक भएको भन्दै अब शिक्षकले देशको शिक्षा क्षेत्रमा आमूल परिवर्तनका लागि लाग्नुपर्नेमा जोड दिनुभयो ।

“जसले ज्ञानमा लागनी गर्न सक्यो त्यही अगाडि आउने रहेछ”, उहाँले भन्नुभयो, “शिक्षामा लगानी बढाउने र गुणस्तर बढाउनेतर्फ शिक्षक सङ्गठनका नेताहरू लाग्नुपर्छ ।” उपाध्यक्ष पाण्डेले आफू अर्थमन्त्री रहँदा विद्यालयमा बालिकाहरूका लागि अनिवार्य स्यानिटरी प्याडको व्यवस्था गरेको तथा शिक्षामा १७ प्रतिशत बजेट विनियोजन गरेको बताउनुभयो ।
#Nepalgyan #News #Kathmandu #Nepal


क्याटेगोरी : राजनीति, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!