Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

उपप्रधानमन्त्री श्रेष्ठद्वारा बुद्ध जन्मस्थलको भ्रमण


उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको छ । आज लुम्बिनी आउनुभएका उपप्रधानमन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदूत चेन सोङले लुम्बिनी भ्रमण गर्नुभएको हो ।

कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेशकुमार त्रिपाठी), सदस्य सचिव सानुराजा शाक्य तथा प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले गृहमन्त्री श्रेष्ठ र राजदूत सोङलाई स्वागत गर्नुभएको थियो ।

विभिन्न कार्यक्रमका सिलसिलामा रुपन्देही आउनुभएका गृहमन्त्री श्रेष्ठले मायादेवी मन्दिरको दर्शन, अशोकस्तम्भ, पवित्र बगँैचा, शान्तिदीपको अवलोकन गर्नुभयो ।

त्यस्तै चिनियाँ विहारको समेत गृहमन्त्री र राजदूतले निरीक्षण गर्नुभएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिनुभयो । भ्रमणका क्रममा गृहमन्त्री श्रेष्ठले बुद्ध जन्मस्थल लुम्बिनीको पछिल्लो अवस्था, पर्यटकको अवस्था र विकास निर्माणका सवालमा चासो राख्नुभएको थियो ।

#Nepalgyan #News #Kathmandu #Nepal

 


क्याटेगोरी : राजनीति, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!