सन्दीपको मुद्दामा चिकित्सकको वकपत्र गराउने आदेश

जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछाने विरुद्ध लागेको नाबालिग बलात्कार घटनामा नाबालिका (गौशाला २६) लाई परीक्षण गर्ने चिकित्सकको वकपत्र गराउन आदेश गरेको छ ।
न्यायाधीश शङ्करराज बरालको इजलासले आज नाबालिगको स्वास्थ्य परीक्षणमा संलग्न भएका चिकित्सकसहित तीन जनालाई वकपत्र गराउन आदेश गरेको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो । तत्कालीन समयमा परीक्षण गर्ने डा बिदामा रहेको र उहाँको सट्टामा अर्को डाक्टरको वकपत्र गराइएको देखिएकाले पुनःवकपत्र गराउन आदेश गरेको आदेशमा छ । लामिछाने विरुद्ध १७ वर्षकी एक किशोरीले बलात्कार गरेको उल्लेख गर्दै गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो ।
#Nepalgyan #News #Kathmandu #Nepal
क्याटेगोरी : समाचार, समाज
प्रतिक्रिया