Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

तातोपानी भन्सारमा लक्ष्यभन्दा दोब्बर राजस्व सङ्कलन


सिन्धुपाल्चोक । चीनसँगको उत्तरी नाका तातोपानी भन्सारबाट गत आर्थिक वर्षमा तीन अर्ब ४२ करोड राजस्व सङ्कलन भएको छ । यो लक्ष्यभन्दा दोब्बरभन्दा बढी हो ।

कोरोना महामारी, बाढीपहिरो तथा चीनबाट सामग्री आयातमा कमीलगायत विविध समस्याका बाबजुद गत आर्थिक वर्षको असारसम्म दोब्बरभन्दा बढी राजस्व सङ्कलन भएको हो |

तातोपानी भन्सार कार्यालय का प्रमुख भन्सार अधिकृत नाराद गौतम ले जानकारी दिए अनुसार अनुसार लक्ष्य एक अर्ब ४६ करोड रहेकामा तीन अर्ब ४२ करोड अर्थात् २३३ प्रतिशत राजस्व उठेको हो । सामान आयात, मापदण्डको पालना र व्यवसायीलाई दिइएको प्रशिक्षण लगायतका कारणले सोचेकोभन्दा राम्रो सङ्कलन भएको भनाइ छ ।

भन्सारले अवलम्बन गरेको शीघ्र जाँच पासका प्रणाली तथा सेवा प्रवाहमा चुस्त दुरुस्त भएका कारण पनि उपलब्धिको पाटो राम्रो रहेको प्रमुख भन्सार अधिकृत गौतमको तर्क छ ।

सङ्कलितमध्ये मासिक औसत ३० करोड रहेको छ । अघिल्लो आर्थिक वर्षको लक्ष्य चार अर्ब ५० करोड रहेकामा एक अर्ब दुई करोड उठेको थियो । आगामी वर्ष भने लक्ष्य चार अर्ब ६२ करोड रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार चीनबाट आयात हुने सामग्री बोकेका कन्टेनरहरू आउने क्रम निकै कम छ । मेशिनरी, रोलकपडा तथा स्याउलगायत वस्तु आयात हुने उक्त नाकाबाट दैनिक कहिले चार र कहिले आठसम्म कन्टेनर आउने गरेको उहाँले बताउनुभयो ।

प्रमुख भन्सार अधिकृत गौतमका अनुसार अरूको अनुपातमा रोल कपडा बढी आउने गरेको छ । त्यसपछि स्याउ तथा मेशिनरी उपकरणहरू आयात भएको छ । चाडपर्वका ल्याउने सामग्री बढी आउँदा र नाका अलि सहज भएको खण्डमा लक्ष्यमा पुग्न सक्ने सम्भावना रहेको समेत उहाँले बताउनुभयो ।

सडकको कारणले लोड गरिएका कन्टेनर भ्यानहरू नआएकोभन्दा पनि चीनबाटै आयतमा कमी भएको गौतमले बताउनुभयो ।

देशमा हाल विधमान रहेको विदेशी मुद्राको सञ्चित  कमी तथा सरकारले हालै ल्याएको मौद्रिक नीति का कारणले गर्दा आयात को अनुपातमा कमी आएको बताउनुहुन्छ “भोटेकोशी चेम्बर का अध्यक्ष फुनु शेर्पा ” ।

आगामी वर्ष यस भन्सार बाट राजश्व संकलन मा कमी आउन सक्ने अनुमान उहाँको छ | साथै सरकारले जोडदार पहल गरेर नाका सहज सञ्चालन हुने वातावरण बनाउन सके दक्षिण तर्फ डाइभर्ट हुने व्यापार यसै नाका बाट वृद्धि भई लक्ष्य अनुरूप को आगामी दिनमा राजश्व संकलन हुन सक्ने बताए । ।

भूकम्पअघि यस नाकाबाट दैनिक रु डेढ करोडसम्म राजस्व असुली हुँदै आएको थियो र त्यसबखत कुनैबेला नेपालकै दोस्रो राजश्व संकलन गर्ने भन्सार का रुपमा पनि परिचित थियो ।


क्याटेगोरी : अर्थ, विविध, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!