Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

निःशुल्क आँखाको शल्यक्रिया


जिल्लाको चौबिसे गाउँपालिकाले विभिन्न संस्थाको सहयोगमा ७५ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिदिएको छ ।

पालिकाले यही चैत १० गतेदेखि एक हप्तासम्म वडामा सञ्चालन गरेको आँखा शिविरबाट एक सय ७२ जनामध्ये ७५ जनाको आँखाको शल्यक्रिया गरिदिएको हो ।

नेपाल नेत्रज्योति सङ्घका डा रामप्रसाद पोखरेल आँखा अस्पताल धनकुटाको प्राविधिक सहयोग, नेत्रज्योति सङ्घ र सेभा फाउन्डेसनको सहयोग तथा पालिकाको व्यवस्थापनमा उनीहरूको आँखा शल्यक्रिया गरिएको हो ।

पालिकाले चैत १८ र १९ गते शिविर सञ्चालन गरेर मोतियाविन्दु र आँखामा मासु पलाएका बिरामीहरुको शल्यक्रिया गरिदिएको हो ।

उनीहरूको कीर्तिपुर आँखा अस्पताल काठमाडाँैका डा एरिक वैद्यसहितको सात जनाको टोलीले उपचार गरेको आँखा अस्पताल धनकुटाका डा समिर चापागाईँले जानकारी दिनुभयो ।

अन्य बिरामीहरूको भने प्रतिकूल मौसम र केही अनियन्त्रित रक्तचापका कारण शल्यक्रिया हुन नसकेको चापागाईँले बताउनुभयो ।

बर्सातका कारण गाउँमा शल्यक्रियासम्बन्धी गलत हल्ला चलाइएकाले पहिचान भएका सबै बिरामी उपचारमा नआएको गाउँपालिका अध्यक्ष राजकुमार लिम्बूले जानकारी दिनुभयो ।

“शल्यक्रिया राम्रो हुन्न भन्ने गाउँमा गलत हल्लाहरू फैलाइएकाले सबैजना नआएको बुझिएको छ”, अध्यक्ष लिम्बूले भन्नुभयो, “बाँकीको उपचारका लागि पालिकाको बैठक बसेर निर्णय गर्नेछौँ ।”

उपचारका लागि गाउँ–गाउँबाट आएका बिरामीहरूको खानेबस्नेलगायतका बन्दोबस्ती पालिकाले गरेको थियो । पालिकामा नै सञ्चालन भएको शिविरबाट नागरिकहरू आर्थिकरुपमा लाभान्वित भएको अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।

आफ्ना ७२ वर्षीय बुबा र ६८ वर्षीया फुपूको आँखा शल्यक्रिया गर्न आउनुभएका वडा नं ३ का नेत्र बरालले यस शिविरले आफू रु ५० हजारभन्दा बढी आर्थिक भारबाट मुक्त भएको जानकारी दिनुभयो ।
#Nepalgyan #News #Kathmandu #Nepal


क्याटेगोरी : समाचार, समाज, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!