Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

‘इन्ड्राइभर’को लापरवाहीः दर्ता बिना नै सञ्चालन


काठमाडौं – विभिन्न सामाजिक सञ्जालमा नेपालमा सञ्चालित राइड सेयरिङ एप‘इन्ड्राइभर’ले चर्को विज्ञापन गरेको भेटिन्छ । विज्ञापनकै कारण ‘इन्ड्राइभर’ले बजारमा थुप्रै प्रयोगकर्ता समेट्न सफल भएको छ । तर पछिल्लो समय ‘इन्ड्राइभर’को लापरवाही र सुरक्षामाथि प्रश्न उठाउँदै सामाजिक सञ्जालहरुमा गुनासो बढ्न थालेको छ ।

गत जेठ २६ गते बिहीवार दिउँसो काठमाडौंको जडिबुटीस्थित सडकमा एउटा दुर्घटना भयो । ‘इनड्राइभर’मा राइड सेयरिङको सेवाग्राही मेनुका गुरुङको सो घटनाका कारण खुट्टमा चोट लाग्यो । इनड्राइभर राइडरको स्पिड बढी भएकै कारण ट्याक्सीमा ठोक्किँदा सो घटना भएको मेनुकाले फेसबुक पोस्टमा उल्लेख गरेकी छन् ।

तर घटनापछि सेवाग्राहीको प्राथमिक उपचार समेतमा ध्यान नदिइ ट्याक्सीको क्षती हेर्ने निहुँमा ड्राइभर भागेको उक्त पोस्टमा गुनासो छ । यस दुर्घटना र ड्राइभरको लापरवाहीकाको गुनासो गर्नका लागि सो महिलाले पटक–पटक इनड्राइभरमा सम्पर्क गर्न खोज्दा पनि सम्पर्क नभएको उनी बताउँछिन् ।

यस घटनाक्रमसँगै नेपालमा राइड सेयरीङ ब्यवसाय गरिरहेको इनड्राइभरको अवस्थाको बारेमा बुझ्न सकिन्छ । इनड्राइभरको नेपालमा कुनै अफिस नहुनु, कस्टमर केयरले प्रतिकृया ९रेस्पोन्स० नदिनु, बिमाको सुविधा नहुनु, कल सेन्टर सञ्चालनमा नआउनु, बिना तालिम राइडर आवद्ध गराइनुले इनड्राइभ राइड सेयरिङ असुरक्षित देखिन्छ ।

दर्ता विना नै सञ्चालन

अहिले इनड्राइभरका प्रयोगकर्ता हजारौंको संख्यामा बढेका छन् । इनड्राइभर सिमित यात्रुमाझ लोकप्रिय बन्दै गएपनि नेपाल सरकारको सम्बन्धित कुनैपनि निकायले इनड्राइभरलाई चिन्दैन । अर्थात, इनड्राइभर बिनादर्ता नै चलिरहेको छ । न यो कानुनी रूपमा दर्ता भएको छ, न त यसले दुर्घटना बिमाको व्यवस्था नै गरेको छ । राइडरलाई तालिम दिने वा गुनासो सुन्ने सपोर्ट सिस्टम पनि छैन । उद्योग विभागका एक कर्मचारी भन्छन्, ‘हामीसँग इनड्राइभर कम्पनी दर्ता भएको छैन । अमेरिकी कम्पनी इनड्राइभरको नेपालमा अहिलेसम्म आधिकारिक कार्यालय समेत छैन ।

सन् २०१३ बाट सञ्चालनमा आएको इनड्राइभर अन्तर्राष्ट्रिय राइड सेयरिङ वा राइड हेलिङ प्लेटफर्म हो । विश्वका करिब ४२ वटा देशमा सञ्चालनमा रहेको यस एप्स नेपालमा भने कहिलेदेखि सञ्चालनमा आयो र यसको आधिकारिक व्यक्ति वा कम्पनी को हो भन्ने कुनै जानकारी छैन । राज्यको कुनै निकायमा दर्ता नभइ इन्ड्राइभर एप्समार्फत सञ्चालनमा आउँदा एकातिर राजस्व चुहावट भएको छ भने अर्कोतिर यातायात सुरक्षामाथि नै चुनौती थपिएको छ ।

यातायात व्यवस्था ऐन, २०४९ र सो ऐनलाई व्यवस्थित गर्न बनेको संशोधित ऐन, २०७४ ले कुनै पनि सवारी साधन ऐन बमोजिम सम्बन्धित प्रदेश यातायात कार्यालयमा दर्ता हुनुपर्ने व्यवस्था छ । हाल मुलुकमा सञ्चालित राइड सेरिङ कम्पनीको नाममा सञ्चालित निजी मोटरसाइकलहरुलाई अर्को व्यवस्था नभएसम्म निजी ९रातो नम्बर प्लेटमै० सञ्चालन गर्न दिनेगरी सर्वोच्चले आदेश गरेको छ । तर, अहिलेसम्म सरकारले राइड सेयरिङ सम्बन्धमा उचित ऐन, तथा कानुनी व्यवस्था गर्न सकेको छैन ।

बार्गेनिङ गरेर यात्रु ठग्दै ‘इन्ड्राइभर’

अहिले राइड सेयरिङ एप ‘इन्ड्राइभर’ यात्रु सँग नयाँ तरिकाले बार्गेनिङलाई प्रोत्साहन गरिरहेको छ । यसले सामाजिक सञ्जालमा नै ‘तपाईंले तोकेको शुल्कका जानुस्’ भनेर खुलेआम विज्ञापन गरिरहेको छ ।

यसको वेबसाइटमा सिटि राइड, कुरियर, इन्टरसिटी र कार्गोको सेवा देखाइएपनि नेपालमा भने यसको मोटरसाइकल, ट्याक्सी र इन्टरसिटी (एउटा शहरबाट अर्को शहरमा जान प्रयोग गरिने सवारी साधन) सञ्चालनमा छन् । यात्रुले यसमा राइड रिक्वेस्ट गर्दा कम्पनीले एउटा शुल्क तोकेको हुन्छ । त्यो शुल्कमा कुनै राइडरले एसेप्ट नगरे यात्रुले भाडा बढाउन सक्ने विकल्प एपमा छ ।

इनड्राइभरको यो वार्गेनिङ गर्ने काम सरासर ठगी भएको अधिवक्ता तथा उपभोक्ता अधिकारकर्मी जगन्नाथ मिश्र बताउँछन् । उनि भन्छन्, ‘राइड सेयरिङ एप’ले बार्गेनिङ शैली अपनाउनु गलत हो । यो उपभोक्ता लुट्ने काम मात्र हो । यसमा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले ध्यान दिनुपर्छ ।’ इन्ड्राइभरको यो शैली ट्याक्सीको बार्गेनिङकै परिष्कृत रूप भएको उनि बताउँछन् ।

नेपाल प्रहरीको तथ्यांकअनुसार बागमती प्रदेशमा चालू आर्थिक वर्षको अहिले सम्म करिव २ हजार मोटरसाइकल दुर्घटनामा परेका छन् । यसमा विभिन्न राइड सेयरिङ सर्भिसको नाममा यात्रु बोक्ने बाइकको हिस्सा पनि छ । बढ्दो प्रयोगसँगै नियन्त्रण र नियमन गर्ने काम कुनै पनि सरकारी निकायबाट भएको छैन । जसका कारण यात्रुहरुमा सुरक्षा चुनौति थपिएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!