कोदारी नजिकै घट्टकुलोेखोलामा बाढी, सडक अवरुद्ध
![](https://www.nepalgyan.com/wp-content/uploads/2022/07/kodari-1.jpg)
काठमाडौँ । अरनिको राजमार्गस्थित कोदारी बजार नजिकै रहेको घट्टकुलोे खोलामा बाढी आउँदा सडक अवरुद्ध भएको छ । बिहीबार साँझ भएको भीषण वर्षापछि आएको बाढीले सडक अवरुद्ध भएको हो ।
अकस्मात वर्षासंगै आएको बाढीले मानवीय क्षति भने हुन पाएन । प्रत्येक वर्ष वर्खायाममा उक्त क्षेत्रमा बाढी आउने गरेको छ । यस वर्ष पहिलोपटक आएको बाढीले सडक अवरुद्ध बनेको हो ।
क्याटेगोरी : समाचार, समाज
प्रतिक्रिया