Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

प्रधानमन्त्रीद्वारा एसइईमा सहभागी विद्यार्थीको उज्ज्वल भविष्यको कामना


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत सन्देश दिनुहुँदै एसइईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन सम्बद्ध सबैलाई आग्रह गर्नुभएको छ । उहाँले सन्देशमा भन्नुभएको छ, “आजदेखि सुुरू हुने माध्यमिक शिक्षा परीक्षामा सहभागी हुनुहुने सम्पूर्ण विद्यार्थी भाइबहिनीको उज्ज्वल भविष्यको कामना गर्दछु ।”

एसइईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन आ–आफ्नो ठाउँमा भूमिका खेल्न परीक्षासँग सम्बन्धित सबैमा प्रधानमन्त्री दाहालले अपिल गर्नुभएको छ ।
#Nepalgyan #News #Kathmandu #Nepal


क्याटेगोरी : शिक्षा, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!