Techie IT
  • १३ असोज २०८१, आईतबार
Nepal Gyan

बाह्र वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ


जबर्जस्ती करणीसम्बन्धी मुद्दामा १२ वर्ष कैद र रु छ हजार पाँच सय १८ नगदसहित सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

चौकुने गाउँपालिका–१० सुर्खेत घाटगाउँका ४१ वर्षीय फरार प्रतिवादी जयबहादुर कामीलाई सादा पोशाकमा गएको प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा कर्णाली प्रदेश प्रहरी कार्यालयको अनुसन्धान ब्यूरोको संयुक्त टोलीले विशेष सूचनाका आधारमा कामीलाई बुधबार घाटगाउँबाट नियन्त्रण लिई जिप्रका सुर्खेतको हिरासतमा राखिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी जबर्जस्ती करणी मुद्दामा दुई वर्ष तीन महिना कैद र रु २५ हजार नगद सजाय भई फरार रहेका प्रतिवादी छोटु भन्ने समिर अहमद कबडियालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेसँग समन्वय गरेर फरार प्रतिवादीलाई अड्डासार गरी जिल्ला प्रहरी कार्यालय जाजरकोटमा उपस्थित गराएपश्चात कबडियालाई जाजरकोट जिल्ला अदालतमा पेस गरी बुधबार कारागार चलान गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले आज जनाएको छ ।

#Nepalgyan #News #Kathmandu #Nepal


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!