Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

अव्यवस्थित बसोबासीलाई जग्गा धनी पुर्जा


बुटवल उपमहानगरपालिका–७ का सात जना अव्यवस्थित बसोबासीले जग्गा धनीपुर्जा पाएका छन् । बुटवल उपमहानगरपालिकाको सिफारिसमा राष्ट्रिय भूमि आयोग रुपन्देहीले तयार पारेको पुर्जा आज बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले वितरण गर्नुभयो ।

लालपुर्जा वितरण गर्दै प्रमुख पाण्डेयले बुटवलभित्रका अव्यवस्थित बसोबासीलाई लालपुर्जा प्राप्तिका लागि सबै प्रक्रियामा सहयोग गर्ने बताउनुभयो । उहाँले भूमि आयोगलाई आवश्यक जनशक्तिदेखि कार्यालय व्यवस्थापनमा समेत सहयोग गरेर बुटवल क्षेत्रका लालपुर्जाविहीनलाई लालपुर्जा दिलाउने बताउनुभयो ।

राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्यले बुटवल उपमहानगरपालिकाभित्र लालपुर्जा प्राप्त गर्न योग्य व्यक्तिलाई लालपुर्जा दिने गरी बुटवल उपमहानगरपालिकाको सहयोगमा निरन्तर काम भइरहेको बताउनुभयो ।

किसानलाई मकैको बीउ वितरण

बुटवल उपमहानगरपालिका–१५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण गरिएको छ । वडास्तरीय कृषि प्रवद्र्धन समितिको सिफारिसको आधारमा सुनौलो लोकछहारी सामाजिक उद्यमी सहकारी संस्थासँगको सहकार्यमा अरुण २, रामपुर कम्पोजिट र रामपुर हाइब्रिड जातको मकैको बीउ वितरण गरिएको हो ।

बुटवल–१५ का अध्यक्ष तथा नगरप्रवक्ता शिव रानाले किसानलाई बीउ वितरण गर्नुभयो । बीउ वितरण गर्दै उहाँले मकै उत्पादनमा अब्बल बन्न किसानलाई आग्रह गर्नुभयो ।

#Nepalgyan #News #Kathmandu #Land #Nepal


क्याटेगोरी : समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!