Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

एमाले अध्यक्ष ओलीसँगको भेटवार्ताका लागि वामदेव बालकोटमा


काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियान पार्टीका संयोजक वामदेव गौतम बालकोट पुगेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ताका लागि उनी बालकोट पुगेका हुन्।

बिहीबार बिहान बालकोट पुगेका गौतम १ घण्टायता एमाले अध्यक्ष ओलीसँग छलफलमा रहेको नेकपा राष्ट्रिय एकता अभियान पार्टीका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए।

गौतमले मंगलबार नयाँ पार्टी घोषणा गरेका थिए।

विघटन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई फेरि पुनर्गठित गर्ने उद्देश्यका साथ उनी एमाले अध्यक्ष ओलीसँगको छलफलका लागि बालकोट पुगेको बताइएको छ।

पार्टीको सबैभन्दा महत्त्वपूर्ण र मुख्य कार्यभार विघटन भएको नेकपालाई फेरि पुनर्गठित गर्नु भएको बताइएको छ। आगामी चुनावअघि एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी एकीकृत हुन नसकेको अवस्थामा कार्यगत एकतामा आउने वातावरण सिर्जना गर्ने उद्देश्य राखिएको छ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!