Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

जसपा विवाद : निर्णायक वार्ता गर्न बाबुराम भट्टराई र उपेन्द्र यादव भेट गर्दै


काठमाडौं । फुटको संघारमा पुगेको जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवबीच बिहीबार भेटवार्ता हुँदै छ।

उनीहरुबीच आज दिउँसो १ बजे भेट हुने जसपाका एक कार्यकारिणी सदस्यले नेपालखबरलाई बताए। उनका अनुसार यादव र भट्टराईबीच हिजो (बुधबार) पनि भेट भएको थियो।

सिहंदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा भएको भेटमा पार्टीको विवाद समाधान गर्नेगरी कसरी अघि बढ्ने भन्नेबारेमा छलफल भएको थियो।

पछिल्लो समय भट्टराई र यादव पक्षबीच टकराव बढ्दै गएको छ।

यही असार १३ गते भएको यादव पक्षको बैठकले भट्टराईसहित ४ जनाभन्दा बढी नेतालाई स्पष्टीकरण माग्ने निर्णय गरेको थियो। त्यसपछि बढ्दै गएको जसपा विवाद निर्णायक मोडमा पुगेको ती कार्यकारिणी सदस्यले जानकारी दिए।

उपेन्द्र यादव पक्षीय बैठकले डा. बाबुराम भट्टराई, कृषिमन्त्री महेन्द्र राय यादव, केन्द्रीय कार्यकारिणी सदस्य गंगानारायण श्रेष्ठ अर्का एक नेतालाई पार्टीविरुद्ध गतिविधि गरेको भन्दै स्पष्टीकरण माग्ने निर्णय गरेको हो।

जसपाको कार्यकारिणी समितिमा ३२ सदस्य छन्।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!