Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

भोटेकोसी गाउँपालिका दुगुना (यार्मासिङ) समाजसेवी साङ्दोर्जे शेर्पाको जीवन यात्रा प्रौढ कक्षा शिक्षकदेखि शेर्पा किदुकअमेरिका को महासचिवसम्म l


नेपाल ज्ञान÷तातोपानी ,
भोटेकोसी गाउँपालिका वडा नं. ३ दुगुना यार्मासिङ निबसी साम्देन शेर्पा का छोरा साङ्दोर्जे शेर्पालाई सरल र शालीन व्यवहारका मानिसको रुपमा सबैले चिन्छन् । उनको परिचय समाजसेवा हो ।
समाजमा मानिसका लागि केही न केही गरिरहने लत का शेर्पा जहाँ रहेपनि मानवजातिका लागि निःसन्देह सेवा गरिरहन्छन् । त्यही गुणले उनी गाउँको शिक्षकदेखि अमेरिकास्थित शेर्पा किदुकको महासचिवसम्म बन्न सफल भएका छन् ।

भोटेकोसी – ३ यार्मासिङ मा प्रौढ शिक्षा ल्याउने पहिलो व्यक्ति उनै हुन् । साङ्दोर्जेकै कारण उमेर ढल्केका स्थानीयले थोरै भएपनि शिक्षा आर्जन गर्ने मौका पाएका थिए आज भन्दा दुई दशक अघाडि ।
उहाँले गाउँकै गुप्तेश्वरी प्रा. वि . बाट शिक्षण पेसा अंगालेर शिक्षा को ज्योति छर्दै ज्ञान दिन पछी परेनन । त्यतिबेला गाउँमा उनलाई बालबालिका देखी बुढा तन्नेरी सबैले खुबै मनपराउँथे । युवा हरुलाई सामुहिक रुपमा अगाडी बढाउन उनले युवा समुह स्थापना गरेर जागरण ल्याए । महिला समुह को स्थापना गरेर महिला दिदीबहिनीलाई चेतना प्रवाह गरे । बन उपभोक्ता समिती को स्थापना गरेर बन जंगल् जोगाउन सचिव पदमा रहेर वन उपभोक्ता समितिमा सेवा गरे ।

धर्म मनुश्या जिबन को बाच्ने आधार चोला हो भन्ने भन्ने भनाइ लाई विश्वाश गर्दै गुम्बा निर्माण कार्य समिती को गठन् गरी यार्मासिङ  मा पहिलो गुम्बा निर्माण गर्न योगदान  पुर्‍याए। नम्लो फाउण्डेशन मा feild co-ordinater भएर विद्यालय भबन  निर्माण का साथै टुहुरो र गरीब विद्यार्थी हरुलाई शिक्षा मा सहयोग गर्न विदेशी सहयोगिहरु मार्फत सहयोग गर्ने गर्थ्रे । यार्मासिङ मा अवस्थित भूमाचौर प्राथमिक विद्यालय स्थापना गर्न उनले धेरै मिहिनेत गरे । विद्यालयमात्रै होइन, बा – आमा नभएका टुहुरा र बिपन्नलाई दाता खोजेर छात्रवृत्ति उपलब्ध गराए ।छात्रवृत्ति पाएर अध्यन गरेका विद्यार्थी मध्ये सन्दु लामा दन्तचिकित्सक भएका छन् अमेरिका मा ।

उनले धेरै विपन्न परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग गर्न योगदान गरेका छन् । सन् २०१० मा सिन्धु वेलफेयर सोसाइटी अमेरिकाको संस्थापक सदस्य भएर काम गरेका शेर्पासँग बुद्ध लायन क्लब कुउेन्स न्यू योर्क सदस्य बनेर पनि काम गरेको अनुभब छ । हाल अमेरिकामा रहेका शेर्पा मार्च १९ तारेखमा शेर्पा किदुक अमेरिकाको महासचिव पदमा सर्वसम्मत रुपमा चयन भएका छन् । संस्थामा सोलुखुम्बु को इन्जिनियर तेम्बा शेर्पा अध्यक्ष छन् । ११ सदस्य शेर्पा किदुक कार्यसमितिले धर्म, कर्म, सस्कृति, परम्परा लाई जोगाउदै संरक्षण गर्ने र मानव सेवामा काम गर्नेछ ।

सानैदेखि समाज सेवा भनेपछि हुरुक्कै हुने शेर्पा अमेरिकामा रहँदा पनि जन्मस्थल भोटेकोसी, सिन्धुपाल्चोक र नेपालको माया गरेर विभिन्न कार्यक्रम पठाउने गरेका छन् । साङ्दोर्जे शेर्पा किदुकको महासचिव भएपछि नेपाल चेम्बर अफ कमर्स भोटेकोसी का अध्यक्ष फुनु शेर्पाले खुसी व्यक्त गर्दै भने, ‘उहाँको सरलता र लगनशीलताबाट हामी सबैले सिक्नसक्छौं ।’


क्याटेगोरी : विश्व, शिक्षा, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!