Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

ललितपुरमा एक साता पानीपुरी बेच्न नपाइने


ललितपुर । ललितपुर महानगरपालिकाभित्र ठेलामा पानीपुरी बिक्री गर्न नपाइने भएको छ । खानेपानीमा हैजाको जिवाणु भेटिएकाले एक सातासम्म ठेलामा महानगरपालिकाभित्र पानीपुरी बेचबिखन गर्न नदिने नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए ।

नगरभित्र पानीपुरी नबेच्न नगर प्रहरीले माइकिङ गरिरहेको उनले जानकारी दिए । उनले भने,’ आज पहिलो दिन सम्झाउँछौ । भोलिबाट बिक्रीमा जफत गर्नेछौ ।’ एक सातासम्म अवस्था सुध्रिएमा थप बन्द नगरिने उनको भनाइ छ । अवस्था नाजुक बनेमा र थपमा हैजाको संक्रमण देखिएमा केही दिन लम्ब्याउने उनले सुनाए ।

तत्कालका लागि बाटोमा बिक्री गर्न नदिने हाछेथुले बताए । बिक्रेताले प्रयोग गर्ने पानीमा एकदमै फोहोर पाइएकाले बिक्री रोक्नुपर्ने बाध्यता आइपरेको उनको भनाइ छ ।

‘ठेलाका व्यापारीले गाउँ-गाउँबाट पानी ल्याउने गरेका छन्,’ हाछेथु भन्छन्,’ गाउँबाट ल्याएको पानीमा फोहोर भेटिएकाले कडाइ गरिएको हो ।’ पानीपुरीमा धुलो मिसाउने भएकाले फोहोर मिसावट पानीको प्रयोग गरिएकाले बन्द गर्नुपरेको उनले बताए ।


क्याटेगोरी : समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!