Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

इन्स्टाग्रामले सुरु गर्‍यो उमेर पहिचान गर्ने सेवा


काठमाडौं । फोटो सेयरिङका लागि चर्चित रहेको अमेरिकी सामाजिक सञ्जाल इन्स्टाग्रामले प्रयोगकर्ताहरूको उमेर पहिचानका लागि नयाँ विकल्पको परीक्षण सुरु गरेको छ।इन्स्टाग्रामले गत वर्ष भएको चर्को विरोधपछि ‘इन्स्टाग्राम किड्स’को लन्च रोकेको थियो। यस पश्चात इन्स्टाग्रामले यस प्रकारको उमेर भेरीफिकेशन सेवाको सुरुवात गरेको हो । पहिलो चरणमा अमेरिकाका प्रयोगकर्ताहरूबाट इन्स्टाग्रामले परीक्षण सुरुवात गरेको रोयटर्सले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।

इन्स्टाग्रामको अनुसार यसले व्यक्तिको उमेर प्रमाणित गर्न दुई नयाँ तरिकाहरू परीक्षण गरिरहेको छ। साथै प्रयोगकर्ताहरूलाई उनीहरूको पहिचान प्रमाण अनलाइन अपलोड गर्न मिल्ने पनि व्यवस्था मिलाउने छ।

मेटाले एक ब्लग पोस्टमा भनेको छ ‘ हामीलाई कोही किशोर १३-१७ वर्ष हो भन्ने थाहा हुन्छ, हामी उनीहरूलाई व्यक्तिगत खाताहरूमा नै सीमित राख्ने, उनीहरूलाई नचिनेका वयस्कहरूबाट अनावश्यक सम्पर्क राख्नको लागि रोक्ने र विज्ञापनदाताहरूले उनीहरूसम्म पुग्न सक्ने विकल्पहरू सीमित गर्ने जस्ता उमेर-उपयुक्त अनुभवहरू प्रदान गर्नेछौँ,’

इन्स्टाग्रामले प्रयोगकर्ताको गोपनीयता सुनिश्चित गर्न एक अनलाइन उमेर प्रमाणीकरणमा विशेषज्ञ कम्पनीसँग साझेदारी गरेको जनाएको छ।इन्स्टाग्रामका अनुसार प्रयोगकर्ताहरूले आफ्नो उमेर प्रमाणित गर्न भिडियो सेल्फी अपलोड गर्न सक्छन्, त्यसपछि यस टेक्नोलोजीले अनुहारको फिचरहरूको आधारमा उमेर अनुमान गर्दछ। मेटा र यो अनलाइन कम्पनी दुवैले उमेर प्रमाणीकरण गरेपछि इमेज मेटाउनेछ। दोस्रो विकल्पमा भने कम्तिमा १८ वर्ष पुगेका तीन म्युचुअल फलोअर्सहरू चयन गरेर प्रयोगकर्ताको उमेर पुष्टि गरिने छ।


क्याटेगोरी : समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!